जापानमा ७३ देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध « प्रशासन
prasaLogo
२० चैत्र २०७६, बिहीबार

जापानमा ७३ देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध


प्रकाशित मिति : 2 April, 2020 7:13 am

जापान । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिबन्ध लगाइएको बताए। प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन्। अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन्।

राजधानी टोकियोमा बुधबार कोरोना भाइरसबाट सङ्क्रमित थप ६५ जना भेटिएपछि प्रधानमन्त्री आवेले अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरेका हुन्।

जापानमा मङ्गलबार पनि ७८ जना नयाँ बिरामी भेटिएका थिए। स्वास्थ्य अधिकारीहरुका अनुसार जापानमा अहिलेसम्म कोरोना बाट संक्रमितको संख्या झन्डै तिन हजार पुगेको छ भने ७८ जनाको मृत्यु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस