विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध


१९ चैत्र २०७६, बुधबार


काठमाडौँ । सरकारले विवादमा परेको मेडिकल सामाग्री खरिद सम्झौता रद्ध गरेको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस(कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो । विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘यो समूहले पहिलो खेपमा ल्याउने भनेअनुसारको सामान ल्याउन नसकेपछि भोलि दोस्रो खेप पनि ल्याउन नसक्ने भयो’ महानिर्देशक श्रेष्ठले भने ‘यो समूहले कहिले ल्याउँछु पनि नभनेकाले मैले यो प्रस्ताव रद्ध गरेको छु’

उनले नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र बढीमा पाँच दिन भित्र सबै सामान ल्याउने सर्तमा नयाँ सम्झौता हुनेछ ।

सरकारले ललितपुरमा रहेको ओम्नी समूहको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री मगाएको थियो। सरकारले नेपाल वायु सेवा निगमको विमान नै पठाएर ती सामाग्री चीनको ग्वान्जाउबाट आइतबार काठमाडौं ल्याएको थियो।

सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा गगल्स, गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेका थिए।

हेर्नुहोस् भिडियो

Tags :
प्रतिक्रिया दिनुहोस