स्वास्थ्यमन्त्री ढकालविरूद्ध अख्तियारमा उजुरी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वास्थ्यमन्त्री ढकालविरूद्ध अख्तियारमा उजुरी


१९ चैत्र २०७६, बुधबार


काठमाडौ । स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनासंख्या मन्त्री भानमुक्त ढकालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

वाग्मती प्रदेशसभामा विवेकशील नेपाली दलका सांसद रमेश पौडेलले मन्त्री ढकालविरूद्ध अनलाइन उजुरी दिएका हुन्।

बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी दिएका हुन्। विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्‍यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्दै उजुरी दिएका हुन्।

पौडेलले अख्तियारको वेबसाइटमार्फत उजुरी दिएका छन्।

सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थान र्‍यापिड टेस्टिङ किट अहिले गोदाममा थन्‍किएको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस