जङ्गली हात्ती मृत फेला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जङ्गली हात्ती मृत फेला


प्रशासन संवाददाता

१९ चैत्र २०७६, बुधबार


राजापुर । बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

हात्तीको मृत्यु कसरी भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरी नायब परीक्षक घलेले जानकारी दिए । सीमावर्ती भारत उत्तर प्रदेश राज्यको बहराइचस्थित कतरनियाघाट वन्यजन्तु आरक्ष बर्दियासँग जोडिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस