सरकारले स्थापना गरेको कोरोना कोषमा २२ करोड जम्मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारले स्थापना गरेको कोरोना कोषमा २२ करोड जम्मा


१९ चैत्र २०७६, बुधबार


काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मङ्गलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ ।

सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिए ।

उनका अनुसार कोषमा मङ्गलबारमात्र नेपाल औद्योगिक महासङ्घले रु ५० लाख, एक लाखभन्दा कम दिएकाबाट रु एक करोड नौ लाख २९ हजार २४ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस