स्पेनमा थप तीन जना नेपालीलाई कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्पेनमा थप तीन जना नेपालीलाई कोरोना संक्रमण


१९ चैत्र २०७६, बुधबार


बार्सिलोना । स्पेनमा थप तीन जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि ४ जनामा संक्रमण देखिएको थियो । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । २ जना निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर उनीहरुलाई अस्पतालकै निगरानीमा होटलका छुट्टै कोठाहरुमा आईसोलेसनमा राखिएको त्याहाँस्थित नेपालीले बताएका छन् ।

संक्रमितहरुमध्ये बार्सिलोनास्थित सान्तपाओं अस्पतालमा एक जना, हस्पिटल दे सान्त खोवान देस्पिमा २ जना, भालदेब्रन युनिभर्सिटी अस्पतालमा १ जना र हस्पिटल दे मारमा १ जनाको उपचार भइरहेको छ । बिगत चार दिनयता नयाँ ३ जना संक्रमितहरु थपिएका हुन् । उनीहरु सबै स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका छन् । संक्रमितमध्ये ६ जना पुरुष र एक महिला रहेका छन् ।

स्पेनमा झण्डै १० हजार नेपालीहरु छन् ।

गत १४ मार्चदेखि लकडाउन गरेको स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन । मंगलबारसम्म ९४ हजार ४१७ जना संक्रमित भएका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयले ८ हजार १८९ जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर झण्डै २० हजार मानिसहरु उपचारपछि निको भएर घर फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस