कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने पूर्वराजाको घोषणा


१८ चैत्र २०७६, मंगलबार


काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

मंगलबार पूर्वराजाले सन्देश जारी गर्दै हिमानी कोषमार्फत २ करोड योगदान गर्ने घोषणा गरेका हुन् ।

विश्वमा देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएकोले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति संवेदनशील हुँदै आ आफ्नो ठाउँ र क्षमताबाट योगदान दिनु अनिवार्य भएको उनले उनले बताएका छन् ।

आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि यस विरुद्ध लड्न देखाएको अनुशासन तथा धैर्यताको उच्च सराहना गर्दै पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैरसरकारी सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै अझ प्रभावकारी बनाउन अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस