रक्सौल नाकामा रोकिए ट्याङ्कर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रक्सौल नाकामा रोकिए ट्याङ्कर


१८ चैत्र २०७६, मंगलबार


वीरगञ्ज । पेट्रोलियम पदार्थ लिन गएका ट्याङ्कर वीरगञ्ज–रक्सौल नाकामा रोकिएका छन् । अत्यावश्यकीय वस्तु आयात निर्यातमा कुनै अवरोध नगरिने भनिएपनि भारतीय पक्षले मंगलबार पेट्रोलियम पदार्थ लिन रक्सौल जान लागेका ट्याङ्कर रोकेको हो ।

रक्सौलबाट पेट्रोलियम पदार्थ ओसार्ने ४० वटा जति ट्याङ्कर मध्यान्न १२ बजेसम्म रोकिएको बताइएको छ ।

ट्याङ्कर चालकका अनुसार बिहान साढे ८ बजेतिर नाकामा पुगेका ट्याङ्कर रक्सौल तर्फ जान नदिइएको बताइएको छ । बिहान रक्सौल भन्सार अगाडिको ढाला लगाउनुको साथै तारले नाकामा अवरोध खडा गरिएको थियो ।

नेपाल आयल निगम वीरगञ्जका कार्यालय प्रमुख राम कुमार न्यौपानका अनुसार प्रक्रिया मिलाउन मात्रै समय लागेको हो । साढे ११ बजेदेखि नै सहज रुपमा खाली ट्याङकर रक्सौल डिपोतर्फ गएको र लोड हुन थालिसकेको बताइएको छ ।

कतिपय ट्याङ्करका चालक भारतीय नै भएकोले उतै बसिदिन सक्ने संभावना भएकोले भारतीय पक्षले सतर्कता अपनाएको हुन सक्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस