लकडाउनको समयमा जिप दुर्घटना, दुईको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लकडाउनको समयमा जिप दुर्घटना, दुईको मृत्यु


१८ चैत्र २०७६, मंगलबार


काठमामडौं । रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खाँडादेवी १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा ३० जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस