क्वारेन्टिन बस्न नचाहने र भाग्नेलाई कडा कारबाही गर्नु –गृह मन्त्रालय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

क्वारेन्टिन बस्न नचाहने र भाग्नेलाई कडा कारबाही गर्नु –गृह मन्त्रालय


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७६, सोमबार


काठमाडौँ । विदेशबाट आएका नेपालीहरू क्वारेन्टिनमा बस्न नचाहेमा र भागेमा त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्न गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

पछिल्लो समय सरकारले लागू गरेको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम विपरीत बस्न नमान्ने तथा स्वास्थ्यकर्मीलाई नै दुर्व्यवहार गरेर भाग्न थालेपछि गृहले थप कडाइ गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको हो ।

‘सरकारले लक डाउनको अवधिसमेत थपेको अवस्थामा क्वारेन्टिनलाई कडाइ गरेको छ’, गृहका एक अधिकारीले भने, ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम नमान्नेलाई कडा भन्दा कडा कारबाही गर्न निर्देशन दिइएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस