वीर अस्पतालमा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो, पाटनमा पनि एकको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीर अस्पतालमा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो, पाटनमा पनि एकको मृत्यु


१७ चैत्र २०७६, सोमबार


काठमाडौँ । वीर अस्पतालमा कोरोना भाइरस(कोभिड–१९) आशंकामा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ। अस्पतालका अनुसार करिब ३४ वर्षीय ती पुरुषको सोमबार मृत्यु भएको हो। सन्तुगलका ती पुरुष आइतबार मात्रै अस्पताल भर्ना भएका थिए।

उनी केही समयअघि मात्रै भारतबाट फर्किएका थिए। वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार उनको पनि नमुना टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ। उनको रिपोर्ट आइसकेको छैन।

योसँगै वीर अस्पतालमा कोरोना आशंकामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। सोमबार मात्रै वीर अस्पताल ५० वर्षीया महिलाको मृत्यु भएको थियो। अस्पतालका अनुसार उनलाई अस्पताल ल्याउँदा ज्वरो आएर सास फेर्न निकै गाहो भइरहेको अवस्थामा इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

त्यसैगरि सोमबार बिहान मात्रै पाटन अस्पतालको आइसियुमा राखिएका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको छ। उनको कोरोनाको संक्रमण भएको आशंकामा नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको थियो। तर उनको पनि रिपोर्ट आइसकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस