कोरोना संक्रमण आशंकामा डोटीबाट दुई जनाको स्वाब परीक्षणका लागि पठाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना संक्रमण आशंकामा डोटीबाट दुई जनाको स्वाब परीक्षणका लागि पठाइयो


१७ चैत्र २०७६, सोमबार


डोटी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा डोटीबाट दुई जनाको स्वाब परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएको छ ।

एक जना भारतको पुनाबाट ५ दिन अगाडी घर आएका ३२ वर्षीय युवा हुन् भने अर्का पनि ३३ वर्षीय युवा भारतको तेलंगना प्रदेशबाट १३ दिन अगाडी नेपाल आएका थिए ।

दुवै जना सोमबार अस्पतालको सम्पर्कमा आएका हुन् । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले सोमबार नै आइसोलेसन वार्डमा राखेको थियो ।

दुवै जनाको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योति पाण्डेले जानकारी दिइन् । उनले भनिन् ‘हामीले दुई जनाको स्वाब परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएका छौँ, धनगढीबाट काठमाडौँ लगिनेछ दुई दिनमा रिपोट आउनेछ ।’

रिपोट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिने डा. पाण्डेले बताइन् । डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो दोस्रो घटना हो ।

यसअघि १९ वर्षीय एक जना युवाको स्वाब परीक्षणको लागि काठमाडौँ पठाइएको थियो । उनको टिपोट नेगेटिभ आएपश्चात् अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

सङ्क्रमणको आशङ्का गरिएका दुई व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ । नोबेल कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण भएको आशंकामा स्वाब परीक्षणको लागि पठाएका दुई जना भारतबाट आए पश्चात् घरमै बस्दै आएका पारिवारिक श्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस