बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ


१७ चैत्र २०७६, सोमबार


काठमाडौँ । बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पाइएको छ ।

टेकुमा गरिएको दुई पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको चिकित्सकले बताएका छन् ।

गत आइतबार दिउँसो १२ बजे बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक ३४ वर्षीय व्यक्तिको मृत्यु भएको थियो।

सम्बन्धित समाचार : बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु

ज्वरो, खोकीको लक्षण देखिएपछि आफैँ अस्पताल भर्ना भएका ती व्यक्तिको र्‍यालको नमुना गत आइतबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ ल्याइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस