निजी अस्पतालले चैत मसान्तसम्म २० प्रतिशत छुट दिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निजी अस्पतालले चैत मसान्तसम्म २० प्रतिशत छुट दिने


१७ चैत्र २०७६, सोमबार


काठमाडौं । निजी अस्पतालले चैत मसान्तसम्म २० प्रतिशत छुट दिने भएका छन् ।

निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको संगठन (अफिन) ले आफ्ना सम्पूर्ण सदस्य तथा स्वास्थ्य सेवा प्रदायकलाई चैत मसान्तसम्म सबै सेवामा २० प्रशित छुट दिन व्यवस्था मिलाइएको जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्ध मुलुकले लडाइ लडिरहेको परिस्थितिलाई दृष्टिगत गरी निजी अस्पतालहरुले २० प्रतिशत छुट दिने निर्णय भएको बताइएको छ ।

यो छुट अस्पतालले पनि खरिद गर्नुपर्ने औषधी, इम्प्लान्ट्सलगायतका सामानमा भने लागु नहुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस