वडाध्यक्षमाथि कुटपिट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वडाध्यक्षमाथि कुटपिट


१७ चैत्र २०७६, सोमबार


बैतडी । पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐर माथि कुटपिट भएको छ ।

उनीमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द बडुले मदिरा सेवन गरी आइतबार कुटपिट गरेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । वडाध्यक्ष ऐरको अवस्था सामान्य रहेको छ ।

यसअघि यही चैत १२ गते राती पुर्चौडी नगरपालिका ५ स्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी माथि स्थानीय नरेन्द्र जागरीले कुटपिट गरेका थिए ।

यसैबीच कोरोनाको भाइरसको सम्भावित जोखिम रोकथाम गर्न किटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किन शुरु गरिएको छ । दशरथचन्द नगरपालिकाको समन्वयमा शुुरु भएको अभियानमा पहिलो आइतबार सदरमुकास्थित गढी र गोठलापानीमा औषधि छर्किएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको पहलमा शुुरु भएको अभियान अन्तर्गत जिल्लाका भीडभाड हुने सबै बजारहरुमा स्प्रे गरिने जनाइएको छ । औषधि दशरथचन्द नगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले छर्किएको हो ।

शाहिलेक लगायतका अन्य बजारमा आज किटनाशक औषधि छर्किने प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले आह्वान समेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस