कोरोना भाइरस : जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस : जर्मनीका प्रान्तीय अर्थमन्त्रीले गरे आत्महत्या


१७ चैत्र २०७६, सोमबार


काठमाडौं । जर्मनीका एक प्रान्तीय मन्त्रीले आत्हत्या गरेका छन् । हेस्सी प्रान्तका अर्थमन्त्री थोमस स्किफरले शनिबार आत्महत्या गरेको हुन् । हेस्सी जर्मनीको वित्तीय राजधानी फ्रान्कफर्ट रहेको प्रान्त हो ।

कोरोनाभाइरसबाट हुने आर्थिक नतिजाको कसरी सामना गर्ने भन्नेमा ‘गहिरो चिन्ता’ परेपछि उनले शनिबार आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ५४ वर्षीय स्किफरको शव शनिबार सोही प्रान्तमा रहेको एउटा रेल ट्र्याक नजिकै भेटिएको थियो ।

जहाँ युरोपको धेरै कर्जा प्रवाह गर्ने बैंकहरुको सूचीमा पर्ने ड्युश बैंक लगायतको मुख्यालय समेत रहेको छ । युरोपेली केन्द्रीय बैंक समेत फ्रान्कफर्टमा अवस्थित छ।

थोमस १० वर्षदेखि हेस्सी प्रान्तका वित्त प्रमुख थिए । उनले कोरोनाका कारण कम्पनी र कामदारहरुलाई पर्ने असर कम गर्नको लागि दिनरात काम गरिरहेका थिए र उनी सो काम पूरा गर्न नसकेको भन्दै निकै चिन्ता जाहेर गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस