स्वास्थ्य सामग्री लिएर उडेका दुई स्काई ट्रक बीचबाटै फिर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य सामग्री लिएर उडेका दुई स्काई ट्रक बीचबाटै फिर्ता


१७ चैत्र २०७६, सोमबार


काठमाडौँ । स्वास्थ्य सामाग्री लिएर सुदूरपश्चिम प्रदेश र प्रदेश १ का लागि उडेको सेनाको स्काइ ट्रक बीचबाटै फिर्ता भएको छ ।

सोमबार बिहान चीनबाट ल्याएको स्वास्थ्य सामाग्री लिएर उडेका नेपाली सेनाका दुई स्काई ट्रक अनौठौ गन्ध आएको भन्दै बीचबाटै फर्किएका हुन् ।

विमानचालकले गन्धका कारण उडान भर्न नसक्ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुनः त्रिभुवन विमानस्थल नै फिर्ता भएको थियो।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गर्दै भने, ‘गन्ध आयो भनी बीचबाट स्काई ट्रक फर्किएको सही हो। त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो। अब धनगढी लानेले पनि उड्न तयार छ ।’

ट्रकमा कस्तो गन्ध आएको भनी यकीन भइनसकेको प्रवक्ता पाण्डेले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस