कोरोना भाइरस (अपडेट) : संक्रमितको संख्या ७ लाख २२ हजार, ३३ हजार ९ सयको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना भाइरस (अपडेट) : संक्रमितको संख्या ७ लाख २२ हजार, ३३ हजार ९ सयको मृत्यु


१७ चैत्र २०७६, सोमबार


काठमाडौं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २२ हजार ८८ पुगेको छ। ज्यान गुमाउनेको संख्या ३३ हजार ९ सय पुगेको छ ।

सबैभन्दा धेरै इटालीमा ज्यान गुमाउनेको संख्या सोमबार बिहानसम्ममा १० हजार ७७९ पुगेको छ। यस्तै स्पेनमा ६ हजार ८०३ को मृत्यु भएको छ।

अमेरिकामा तीव्ररुपमा फैलिइरहेको छ भने २ हजार ४ सय ८४ को मृत्यु भइसकेको छ । हालसम्म त्यहाँ १ लाख ४२ हजार ७० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

चीनमा आइतबार ३१ नयाँ संक्रमित थपिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ।

तीमध्ये ३० जना अन्य देशबाट आएका यात्रुमा देखिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ। त्यस्तै ३ हजार ३०४ जनाको ज्यान गइसकेको छ।

यस्तै फ्रान्समा २ हजार ६ सय ६ जनाको ज्यान गएको छ भने इरानमा २ हजार ६ सय ४ जनाको ज्यान गएको छ । फ्रान्सका र इरानमा ज्यान गुमाउनेको संख्या लगभग बराबर छ । संक्रमितको संख्या भने इरानमा ३८ हजार छ भने फ्रान्समा ४० हजार बढी संक्रमित छन् ।

यस्तै बेलायतमा १९ हजार ५ सय २२ जना संक्रमित भएका छन् भने १ हजार २ सय २८ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरी स्वीजरल्यान्डमा ३००, नेदरल्यान्डमा ७७१ बेल्जीयममा ४३१ दक्षिण कोरीयामा १५८ टर्कीमा १३१ अस्ट्रियामा ८६ क्यानडामा ६५, पोर्चुगलमा ११९, नरवेमा २६, ब्राजिलमा १३६ इजराइलमा १५ अस्ट्रेलियामा १७, स्विडेनमा ११० जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, भारतमा २७ जनाको मृत्यु भएको छ भने १ हजार २४ जनामा संक्रमणको पुष्टी भएको छ ।

पाकिस्तानमा १४ जनाले ज्यान गुमाएका छन् । १ हजार ५ सय ९७ जनामा संक्रमणको पुष्टि भएको छ ।

नेपालमा हालसम्म ५ जनामा संक्रमणको पुष्टी भएको छ भने १ जना उपचारपछि घर फर्किसकेका छन् । अन्य चार जनाको अवस्था सामान्य छ ।

विश्वभर १ लाख ५१ हजार उपचार पछि निको भएको वर्लड ओमिटरको तथ्याङ्कमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस