वैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगारीबाट राहत दिइने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगारीबाट राहत दिइने


१७ चैत्र २०७६, सोमबार


काठमाडौँ । श्रम स्वीकृति लिएर विदेश जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइने भएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोनाको सङ्क्रमणका कारण वैदेशिक रोजगारीमा जानका लागि स्वीकृति लिएका र वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएकालाई राहत दिने निर्णय भएको हो ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले भने, वैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिएका तर कोभिड–१९ का कारणले जान नपाएका र वैदेशिक रोजगारीबाट फर्किएर जान नपाएकाको जिल्लागत लगत निर्माण गरी स्थानीय तह मार्फत रोजगार सेवा केन्द्रमा दर्ता गराउने र त्यहाँबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत परिचालित गर्ने भन्ने निर्णय भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस