बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक जारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को बैठक जारी


१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक जारी छ । बैठक दिउँसो ४ बजे सुरु भएको थियो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) लाई मध्यनजर गर्दै प्रधानमन्त्रीलगायत मन्त्रीहरूले मास्क लगाएर निर्धारित भौतिक दुरी कायम राखेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मास्क लगाएका छन्।

त्यसैगरी यसअघिका बैठकमा दुरी कायम गरिएको थिएन। आजको बैठकले लकडाउन लम्ब्याउने तथा राहत प्याकेज घोषणा गर्नेबारे निर्णय लिने बताइएको छ।

पछिल्लो समय सधैजसो बालुवाटारमा बैठक बस्ने गरेको प्रधानमन्त्रीको निवास रहेको भवनस्थित बैठक कक्षमा स्थानको सीमितताले पर्याप्त भौतिक दुरी मिलाउन सकिने गरी ठुलो हलमा बैठक सुरु गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

बैठकका निर्णयहरू आजै सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष जानकारी गराउने थापाले जनाएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस