यस्ता छन् कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका ६ निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्ता छन् कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका ६ निर्णय


१६ चैत्र २०७६, आइतबार


काठमाडौँ ।उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलको संयोजकत्वको कोरोना भाइरस(कोभिड–१९)सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले आइतबार आधा दर्जन महत्वपूर्ण निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिँहदरवारमा बसेको उच्चस्तरीय समन्यव समिति बैठकले अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म रोक्नेदेखि विदेशबाट फर्किएर सम्पर्कमा नआउने, क्वारेन्टिनमा नबस्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कैद सजाय गर्नेसम्मका निर्णय गरेको हो।

बैठकले चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण, पोर्टेबल पिसिआर मेसिन वितरण गर्ने निर्णय गरेको छ । चीनबाट आएका पाँच थान पीसीआर मेसिन तत्काललाई चार प्रदेशमा १–१ थान पठाउने निर्णय भएको छ।

मागलाई ध्यानमा राख्दै प्रदेश दुई, प्रदेश पाँच, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा गरि १–१ थानका दरले चार थान तत्काल पठाइहाल्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए।

बाँकी एउटा काठमाडौंमा राख्ने र जहाँ आवश्यक पर्न सक्छ त्याहाँ पठाउने निर्णय भएको बिडारीको भनाइ छ। उक्त मेसिनसँगै एक हजार थान औषधि, उपकरण पठाउने निर्णयसमेत निर्णय भएको उनले जानकारी दिए।

यसअघि प्रधानमन्त्री केपी ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय सुनाएका थिए।। ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेका थिए। सरकारले चैत ११ गते भने ‘लकडाउन’को निर्णय गरेको थियो।

समिति बैठकमा सहभागी मन्त्रीले लकडाउन एकसातासम्म थप्नुपर्ने प्रस्ताव गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस