लकडाउनको अवघि २५ गतेसम्म थप्ने सरकारको निर्णय(भिडियोसहित) « प्रशासन
prasaLogo
१६ चैत्र २०७६, आईतवार

लकडाउनको अवघि २५ गतेसम्म थप्ने सरकारको निर्णय(भिडियोसहित)


प्रकाशित मिति : 29 March, 2020 9:04 pm

काठमाडौँ । सरकारले लकडाउन थप्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन २५ गते मध्यरातिसम्म गर्ने भएको हो ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्‍चार तथा सूचनाप्रविधि मन्त्र‍ी युवराज खतिवडा जानकारी दिए ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।

यसअघि सरकारले चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो ।

यससँगै राहतका कार्यक्रम पनि घोषणा गरेको छ । बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आए भएका नागरिकका लागि राहतको प्याकेज पारित गरेको छ।

थप निर्णयहरु भिडियोमा 

Tags :
प्रतिक्रिया दिनुहोस