चीनले पठाएका अत्यावश्यक स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चीनले पठाएका अत्यावश्यक स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण


१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । चिनिया दूतावासले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई हस्तान्तरण गरेकी हुन् ।

चीनका अर्बपति ब्यापारी ज्याक माको अलिबाबा फाउण्डेसन, ज्याक मा फाउण्डेसन, चाइना सिएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनी लगायतले पठाएका सहयोग सामाग्रीहरु राजदूतले हस्तान्तरण गरेकी हुन् ।

सिचुवान प्रान्तले पठाएका सामानमा दुई हजार थान एन ९५ मास्क, २४ हजार थान सर्जिकल मास्क, ५०० थाम प्रोटेक्टिभ गगल्स, ५३० थान प्रोटेक्टिभ कपडा लगायत रहेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस