हटलाइन सेवा शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हटलाइन सेवा शुरु


प्रशासन संवाददाता

१६ चैत्र २०७६, आइतबार


लम्की । टीकापुर नगरपालिकाले कारोना भाइरस (कोभिड– १९) को जोखिम हुन नदिन हटलाइन सेवा शुरुआत गरेको छ । सो भाइरसको सम्भावित जोखिमका बारेमा सरोकार समूहसित समन्वय गर्न नगरपालिकाले ०९१−५६००८८ र ०९१ −५६१०८८ नम्बर मार्फत् हटलाइन सेवा शुरु गरेको हो । शनिबार यहाँ बसेको सर्वदलीय बैठकले सो भाइरसको जोखिम विरुद्ध सामुहिक काम गर्ने निर्णय गरेको छ ।

मुख्य राजनैतिक पार्टीका नेतृत्व सहभागि सो बैठकले लकडाउनमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ लगायत सरोकारवालासँग समन्वय गर्ने निर्णय समेत गरेको छ । ‘स्वास्थ्य तथा दैनिक उपभोगका वस्तुको समस्या लगायत केही भएमा नगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवामा फोन गर्न म नगरवासीलाई आग्रह गर्दछु ।’ नगर प्रमुख तपेन्द्रबहादुर रावलले भने ।

बैठकले टीकापुर नगरपालिका अन्तर्गत सङघ सस्थाले राहत सामग्र्री वितरण लगायत अन्य गतिविधि सञ्चालन गर्दा एकद्वार प्रणालि मार्फत् नगरपालिकासँग समन्वय गरी वितरण गर्ने निर्णय सो बैठकले गरेको छ ।

बैठकले भारत लगायत अन्य मुलुकबाट जिल्लामा आएकालाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने निर्णय समेत गरेको छ । ‘लकडाउन अघि नगर प्रवेश गरेका सबै नागरिकलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका छौं । भोलिदेखि प्रहरीले खोजी गरी क्वारेन्टाइनमा राख्नेछन् । अटेर गर्नेलाई कारवाही हुनेछ ।’ उनले भने ।

नगरपालिकाले रु ३६ लाख को विपद् कोष समेत खडा गरेको छ । बैठकमा नेकपाका नगर अध्यक्ष खडक शाह, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, समाजवादी पार्टीका हरि तिमिल्सेना लगायतका नेताहरु सहभागि थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस