लकडाउनमा चम्काइँदै उपत्यकाका सडक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लकडाउनमा चम्काइँदै उपत्यकाका सडक


१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । लक डाउनको मौका पारेर सडक विभागले सडक मर्मत तथा सुधार कार्यको थालनी गरेको छ ।

कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि का लागि सरकारले साताव्यापी लक डाउनमा सडकमा आवागमन कम भएकाले विभागले रातमा गर्दै रोड मार्किङको काम दिउँसो नै गर्न सुरु गरेको हो ।

थोरै जनशक्तिमा गुणस्तरीय काम गर्न सकिने भएकोले पनि खालीको मौकामा कामदारहरूबिच सामाजिक दुरी कायम राखेर काम गरेको एक अधिकारीले बताए ।

पछिल्लो समय उपत्यकाका सडकहरूको स्तरको स्तरमा उल्लेख्य सुधार भएको छ । प्रधानमन्त्रीले सचिव तथा मन्त्रीलाई डाकेर सडकका खाल्टाखुल्टी टार्न निर्देशन दिनु परेको छैन । प्रधानमन्त्रीका विकास विज्ञ इन्जिनियर गजेन्द्र थपलियाको संयोजन, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङ इच्छाशक्ति र सक्रियतासँगै मन्त्रालय तथा विभागलगायत कार्यालयका प्रमुखहरूले इमानदारी प्रयासले उपत्यकाका सडकको अवस्थामा स्तरोन्नति भएको छ ।

सधैँ भिडभाड र ठेलमठेल हुने उपत्यका अहिले सुनसान प्रायः छ । लक डाउनको समय अझै केही दिन बढ्ने देखिन्छ । यही समयमा मर्मत, पिच तथा अन्य बाँकी कामहरू सक्काउन पाए कोरोना सङ्क्रमणलाई अवसरको रूपमा पनि हेर्न सकिने छ । यद्यपि कामदार तथा कर्मचारीको स्वास्थ्यलाई भने ख्याल राख्नै पर्छ । क्यारेन्टिनसहित सामाजिक दुरी कायम राख्दै सीमित जनशक्तिबिच सम्पन्न गर्न सकिने कामहरू यही बिचमा सक्न पाए त्यो उपलब्धिमूलक नै हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस