विश्व अर्थतन्त्र आर्थिक मन्दीमा : आईएमएफ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विश्व अर्थतन्त्र आर्थिक मन्दीमा : आईएमएफ


१५ चैत्र २०७६, शनिबार


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ ।

आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा आएको बताएकी हुन् । यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुनसक्ने उनले बताइन् ।

क्रिस्टालिनाले विश्व अर्थतन्त्र ठूलो संकटतर्फ अघि बढेको भन्दै यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोष ल्याउनुपर्ने बताइन् ।

उनले विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताइन् । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस