लकडाउनको अवधि बढ्न सक्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लकडाउनको अवधि बढ्न सक्ने


१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । एक साताका लागि लगाइएको लकडाउनको अवधि बढ्न सक्ने देखिएको छ ।

हवाई र स्थल मार्ग हुँदै नेपाल छिरेका व्यक्तिहरूको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

कोरोना भाइरस(कोभिड-१९) रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिका एक सदस्यका अनुशार अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको र त्यहीअनुसार सुरक्षा तथा दैनिक उपभोग्य बस्तुको सहज व्यवस्थापनका लागि उद्योगी तथा व्यवसायीहरूलाई भनिसकेको छ ।

चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस