१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आदेशको कार्यान्वयन : सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुहोला

अ+ अ-

काठमाडौँ । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ ।

बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि बिहानैदेखि प्रहरीको सक्रियता बाक्लिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले भने, ‘आम पब्लिकहरुबाट आदेशको पालना गरिरहेको पाइन्छ, जानी नजानी कतै पालना नगरेकालाई सम्झाइबुझाई गरेर फर्काएका छौँ ।’ उनले मुलुकभर नै आवश्यकतानुसार टोली परिचालन गरेर आदेशको पालनामा प्रहरी सक्रिय भएको जानकारी दिए । प्रदेश र स्थानीय तहका प्रहरी पनि आवश्यक क्षेत्रमा परिचालन भइरहेको उनले बताए ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि प्रहरी चोकचोकमा खटिएर सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेका छन् । प्रहरीले उपत्यकाका चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ । ‘सावधानी अपनाउनुहोला, घरबाट ननिस्किनुहोला’ भन्दै प्रहरीले खुलेका पसलसमेत बन्द गर्न भनिरहेको छ ।

ट्राफिक प्रहरी पनि आवश्यक व्यवस्थापनमा बिहानैदेखि खटिएको छ । महानगरीय प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सरकारी आदेशको पालनाका लागि सम्पूर्ण ट्राफिक जनशक्ति परिचालन गरिएको बताए । अत्यवश्यक सेवा र पासका गाडी मात्रै चलेकाले अन्य गाडी चल्नबाट रोक लगाइएको र सर्बसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको उनले बताए ।

गत माघ ९ गते चीनको हुबेइ प्रान्तको वुहान शहरबाट आएका र यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपालमा आएका गरी दुई जनामा कोरोना लक्षण देखिए पनि नेपालमा अन्यमा सङ्क्रमण भेटिएको छैन । सम्भावित जोखिम रोक्न सरकारले यही चैत १८ गतेसम्मका लागि उक्त आदेश जारी गरेको हो ।

सरकारले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड­१९ को रोकथाम र निर्मूूल गर्न सोमबार अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको हो । आज बिहान ६ः०० बजेदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्म उक्त आदेश लागू हुनेछ ।

आदेशमा ‘औषधोपचार, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन’ भनिएको छ । अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने पनि आदेशमा उल्लेख छ । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्नेछ ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुनेछन् ।

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक र कर्मचारीलाई बिदा दिन आदेशमा भनिएको छ ।

औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गरिने तथा अभाव देखाई मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही गरिने आदेशमा भनिएको छ । जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस