चितवन । चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ परेका छन् । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबारदेखि लागू गरेको लकडाउन उल्ल्ङघन गर्ने १० जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको हो ।
अत्यावश्यक काम भएकाले भने त्यसबारे जानकारी गराएर हिँड्डुल गर्न सक्ने उनले बताए ।