राष्ट्रिय एकता र उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्न प्रचण्डको आह्वान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय एकता र उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्न प्रचण्डको आह्वान


९ चैत्र २०७६, आइतबार


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरसविरुद्ध उच्च मनोबलका साथ सावधानी पुर्वक लड्न आह्वान गरेका छन् ।

कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैमा आग्रह गरेका छन् ।

प्रचण्डले आइतबार विज्ञप्ति जारी गरी कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् ।

उनले विज्ञप्तिमा ‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ,’ भनेका छन् ।

केही दिनयता भेटघाट सीमित गरी घरभित्रै बसिरहेका उनले आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने गरी पहल बढाउन सरकारलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस