आजदेखि उपत्यकाका २२ स्थानबाट ग्यासको रिटेल काउन्टर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजदेखि उपत्यकाका २२ स्थानबाट ग्यासको रिटेल काउन्टर


९ चैत्र २०७६, आइतबार


काठमाडौँ । आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएको छ । निगम र ग्यास उद्योग संघबीच शनिबार भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्यास बिक्री गर्न निर्देशन दिएको हो ।

संघले पनि विज्ञप्ति मार्फत् काठमाडौंका विभिन्‍न विक्रेता मार्फत ग्यास बिक्री गर्ने जनाएको छ। विज्ञप्तीमा आइतबारदेखि नै २२ ग्यास ब्राण्डले २२ ठाउँमा रिटेल काउन्टर खोलेर बिक्री गर्ने उल्लेख छ। विज्ञप्ती अनुसार नेपाल ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यासले जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटीबाट बिक्री गर्ने जनाएको छ।

ओम ग्यासले थली र नैकाप, बाबा÷श्री÷लुम्बनीले कपन धुम्बाराही, सिद्धार्थले इमाडोल, श्रीमायाले सतुंगल, लोकप्रियले नैकाप, राजधानी ग्यासले सितापाइला, सुर्य ग्यासले जगाती, गीता ग्यासले धुम्बाराही, हिमालले भगवती बहाल, नमस्ते ग्यासले कागेश्वर मनहरा, भानु ग्यासले गोंगबु, एभरेष्टले सिफल, श्रीराम ग्यासले ललितपुरबाट बिक्री गर्ने संघले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस