चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चीनले नेपाललाई कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने


५ चैत्र २०७६, बुधबार


काठमाडौँ । छिमेकी चीनले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ ।

कोरोना भाइरस संक्रमणबाट सुरुमै प्रभावित भएको चीनले नेपालस्थिति आफ्नो दूतावासमार्फत नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ ।

नेपाल कोरोना संक्रमणको सम्भावित दबावमा रहेको र यसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको भन्दै चीन नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

चीनले नेपाललाई पठाएको पत्रमा सोधिएको छ– के नेपाल यो बेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई उर्जामा सहायता चाहिएको हो ? नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउनुपर्छ ? हामी जुनसुकै बेला पनि तप्तर छौं ।

चीनले नेपालमा कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक चीनबाटै पहिलो भ्रमण गराउन समेत चाहेको जनाएको छ । त्यस्तै उसले चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइने समेत बताएको छ ।

नेपालले चीनलाई कोरोना विरुद्ध लड्न १ लाख थाम मास्क पठाएर ऐक्यवद्धता जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस