कोरोना नियन्त्रण तथा रोकथामबारे परराष्ट्र सचिव कूटनीतिक प्रतिनिधिसँग छलफल गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना नियन्त्रण तथा रोकथामबारे परराष्ट्र सचिव कूटनीतिक प्रतिनिधिसँग छलफल गर्दै


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नेपालस्थित कूटनीतिक समुदायका प्रतिनिधिसँग कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका बारेमा छलफल गर्ने भएका छन् ।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सोमबार दिउँसो नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गर्न लागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस