गच्छदारको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मी फिर्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गच्छदारको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सुरक्षाकर्मी फिर्ता


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौँ । काँग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटिएको सशस्त्र प्रहरी फिर्ता भएको छ ।

सशस्त्र प्रहरी बल नेपालले पूर्व गृहमन्त्रीको हैसियतमा काँग्रेस उपसभापति विजयकुमार गच्छदारको सुरक्षामा खटाएको स्कर्टिङ गाडीसहित प्रहरी फिर्ता गरेको हो ।

गृह स्रोतका अनुसार बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा भ्रष्टाचार मुद्दा चलेपछि उनको सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता गरिएको हो । तर निजी सुरक्षाका रूपमा नेपाल प्रहरीबाट केही प्रहरी भने अझै उनीसँग छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारको संलग्नता दाबी गर्दै २२ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले १५ दिनभित्र उपस्थित हुन म्याद जारी गरिसकेको भए पनि उनी अदालतमा उपस्थित भएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस