यूएईमा दुई नेपालीलाई कोरोना संक्रमण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

यूएईमा दुई नेपालीलाई कोरोना संक्रमण


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् ।

यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस