प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पाण्डे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पाण्डे


२४ फाल्गुन २०७६, शनिबार


पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा ऋषिराम पाण्डेलाई नियुक्त गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को २२ फागुनको बैठकले कास्की मादी १२ का ऋषिराम पाण्डेलाई मासिक ४७ हजार रुपैयाँ तलब तथा सुविधा रहने गरी नियुक्त गरेको हो ।

त्यसैगरी ताल विकास प्राधिकरणको कार्यकारी निर्देशकमा अनुप गुरुङ नियुक्त गरेको छ। पोखरा १२ का गुरुङले कोरियाबाट कृषि एवं वातावरण विषयमा विद्यावारिधि गरेका छन् । उनको कार्यकारी निर्देशक गुरुङको तलब सुविधा मासिक ४७ हजार रुपैयाँ र आवासबापत १५ हजार रुपैयाँ पाउनेछन् ।

त्यस्तै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रेस संयोजकमा विक्रम न्यौपाने नियुक्त गरेको छ । लमजुङ राइनासकोटका उनले मासिक तलब ४० हजार ५ सय तलब, आवासबापत १० हजार, ५ हजार यातायात र सञ्चार खर्च ३ हजार रुपैयाँ पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस