प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल


२१ फाल्गुन २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।

ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको हो ।

नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ । प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होस फर्किने बताइएको छ ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस