महेन्द्रनगरबाट गन्नाका लागि छुटेको बस बैतडीमा दुर्घटना, पाँच घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महेन्द्रनगरबाट गन्नाका लागि छुटेको बस बैतडीमा दुर्घटना, पाँच घाइते


२१ फाल्गुन २०७६, बुधबार


काठमाडौं । बैतडीमा बस दुर्घटना भएको छ । दोगडाकेदार गाउँपालिका– ५ न्वालीमा बुधबार बिहान भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

बैतडीको सुर्नयाका २२ वर्षीय विनिता कुँवर(टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वार्षीया गोबिन्दी कुँवर, दार्चुला दुहुका ३० वर्षीय ललित बोहरा र २४ वर्षीय महेश बडाल रहेका छन् ।

४० जना यात्रु सवार बस महेन्द्रनगरदेखि गन्नाका लागि छुटेको थियो ।

पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस न्वालीमा बुधबार बिहान ५ बजे दुर्घनामा परेको प्रहरीले जनाएको छ ।

बस चालक दीपक बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले ओरालो बाटोमा गति अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीसमक्ष बयान दिएका छन् ।

घाइतेहरुलाई उपचाचरका लागि विभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस