कोरोनाको जोखिम : नेकपा प्रदेश १ को भेला स्थगित, विमानस्थलबाटै फर्किए नेता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनाको जोखिम : नेकपा प्रदेश १ को भेला स्थगित, विमानस्थलबाटै फर्किए नेता


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौँ । कोरोना भाइरसको जोखिम बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता तथा प्रशिक्षण भेला स्थगित भएको छ। आजका लागि तय भएको भेला स्थगित भएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

भेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो।

नेता खनाल भने सोमबार नै झापा पुगिसकेका छन्।

सचिवालय सदस्यहरु रामबहादुर थापा र महासचिव पौडेल आज बिहान झापा पुग्ने कार्यक्रम थियो। तर नेता बादल भने कार्यक्रम स्थगित हुने जानकारी पाएपछि विमानस्थलबाट फर्किएका छन्।

कोरोना भाइरसको जोखिम रहेको भन्दै सरकारकाले भीडभाडमा नजान अपिल गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस