कलङ्कीमा ब्रेक फेल भएको ट्रकले दियो ९ वटा सवारीलाई ठक्कर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कलङ्कीमा ब्रेक फेल भएको ट्रकले दियो ९ वटा सवारीलाई ठक्कर


१२ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । कलङ्कीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ट्रकले सोमबार साँझ ढुंगाअड्डाको ओह्रालोमा अगाडिका ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको हो ।

ब्रेक फेल भएको ना ६ ख २८७१ नम्बरको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुई वटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस