सचिव बढुवाका लागि ३ वरिष्ठ सहसचिवको नाम सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सचिव बढुवाका लागि ३ वरिष्ठ सहसचिवको नाम सिफारिस


७ फाल्गुन २०७६, बुधबार


समायोजन

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू टेकनारायण पाण्डे, एकनारायण अर्याल र रामशरण पुडासैनीलाई सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये पाण्डे प्रदेश नं ५ को मुख्यमन्त्रीको कार्यालयमा कार्यरत छन् भने अर्याल कलकत्तास्थित नेपाली महावाणिज्यदुतावास र पुडासैनी अर्थ मन्त्रालयमा कार्यरत छन् ।

सचिव बढुवा सिफारिसमा १ नम्बरमा रहेका पाण्डेलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ । लगत्तै अन्य दुई रिक्त सचिव पदमा पनि पदपुर्ति हुनेछ । उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले अनिवार्य अवकाश लिएपछि रिक्त सचिव पदमा पाण्डेको बढुवा हुँदै छ भने गृह सचिव प्रेम कुमार राई र अर्थ सचिव राजन खनालको रिक्त पदमा क्रमशः अर्याल र पुडासैनीको बढुवा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस