सैनिक ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सैनिक ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेस


६ फाल्गुन २०७६, मंगलबार


काठमाडौँ । सरकारले सैनिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस गरेको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको सैनिक(पहिलो संशोधन) विधेयक, २०७६ पेस गरेका हुन् ।

संसदमा विधेयक दर्ता गर्दै रक्षामन्त्री पोखरेलले भावी सुरक्षा चुनौतीको सामना गर्नका लागि सेनामा छुट्टै गुप्तचरी संयन्त्रको आवश्यकता रहेको बताएका छन् । शान्ति, द्वन्द्व र युद्धकालिन अवस्थामा नेपाली सेनाले आफ्नो जिम्मेवारी प्रभावकारी ढंगबाट बहन गर्न र भावी सुरक्षा चुनौतीको प्रभावकारी रूपमा सामना गर्न संशोधन विधेयक ल्याइएको उनको भनाई थियो ।

रक्षामन्त्री पोखरेलले भने, ‘शान्ति, द्वन्द्व र युद्धकालीन अवस्थामा नेपाली सेनाले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा बहन गर्न र भावी सुरक्षा चुनौतीको प्रभावकारी रूपमा सामना गर्न सैनिक इन्टेलिजेन्सलाई समयसापेक्ष आधुनिकीकरण गरी थप प्रभावकारी बनाउन आवश्यक छ।’

सैनिक ऐन संशोधन गर्न ल्याइएको विधेयकमा संशोधनमा इन्टेलिजेन्स सेवा गठन र सञ्चालन सम्बन्धी विषय उल्लेख छ। इन्टेलिजेन्समा खर्च भएको रकम, रिभल्भिङ फन्डबाट खर्च भएको रकम र भैपरी आउने काम लागि खर्च भएको रकमको मिनाहा सम्बन्धि ऐनमा व्यवस्था गर्न संशोधन विधेयक ल्याइएको सरकारले तर्क गरेको छ।

‘इन्टिलिजेन्स सेवा गठन तथा सञ्चालन सम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्डबाट खर्च भएको रकम र भैपरी आउने कामको लागि भएको खर्च रकम मिनाहा सम्बन्धी विषय’, संशोधन विधेयकमा उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस