चाँदी र तामाका सामानसहित दुई जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चाँदी र तामाका सामानसहित दुई जना पक्राउ


प्रशासन संवाददाता

५ फाल्गुन २०७६, सोमबार


भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ मेची खोला छेउबाट प्रहरीले ठूलो परिणाममा चाँदी र तामाको सामानसहित दुई जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ बौद्धका ३४ वर्षीय अजित नगरकोटी र काठमाडौँ महानगरपालिका–१ का ३८ वर्षीय श्याम सुनुवार रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ११ केजी ९०० ग्राम चाँदी र २१ केजी बराबरको तामाका सामान बरामद गरेको थियो । बरामद सामान र पक्राउ परेका दुवैलाई प्रहरीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस