कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि सिंगापुरको एक बैंक खाली गराइयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि सिंगापुरको एक बैंक खाली गराइयो


१ फाल्गुन २०७६, बिहिबार


काठमाण्डौ । सिङ्गापुरको डीबीएस बैंकका एक कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि बैंक खाली गराइएको छ । तीन सय कर्मचारी कार्यरत सो बैंकमा बुधबारदेखि विदा दिइएको हो ।

सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन् । चीनपछि कोरोना भाइरसको घटना यो सबैभन्दा धेरै हो । साथै कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै चीनमा आउँदो १९ अप्रिलमा हुने भनिएको फर्मुला वान रेस पनि स्थगित गरिएको छ ।

यो रेस सञ्चालन गर्ने निकाय एफआईएले भनेको छ, ‘कर्मचारी, प्रतियोगी र दर्शकको स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्न यस्तो उपाय अपनाइएको हो । अवस्था सुध्रँदै गएपछि नयाँ तारिख तय गरिनेछ ।’

चीनमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या झण्डै ४४ हजार पुगेको छ । अन्य २० भन्दा बढी देशमा पनि यसको सङ्क्रमण पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस