चितवन प्रहरी प्रमुखमा गुरुङ, गंगा पन्तलाई पर्सा पठाइयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवन प्रहरी प्रमुखमा गुरुङ, गंगा पन्तलाई पर्सा पठाइयो


२१ माघ २०७६, मंगलबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएर पनि त्यहाँको जिम्मेवारी नपाएकी एसपी गंगा पन्तलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लको ठाउँमा पन्तलाई सरुवा गरेको भएपनि विवादका कारण उनलाई त्यहाँको रमाना दिइएको थिएन ।

हाल आएर प्रहरी प्रधान कार्यालयले उनलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । यसैगरी चितवन प्रहरी प्रमु्खको रुपमा नान्तिराज गुरुङको काज सरुवा भएको छ ।

पर्सामा रहेका हालका एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर, टेकुमा ल्याइएको छ । उनी अपराध अनुसन्धानमा पोख्त अधिकृत हुन् । राठौरसँग यसअघि महानगरीय अपराध अनुसन्धान महाशाखामा काम गरेको अनुभव छ ।

बारामा प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई पठाइने भएको छ ।काठमाडौं प्रहरीका एसपी अशोक सिंहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा सरुवा भएको छ भने बाराका एसपी विकास खनालको ५ नं. प्रदेश प्रदेश दंगा नियन्त्रण गण, सुनवलमा सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस