दुई समितिको प्रतिवेदन प्रतिनिधिसभामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई समितिको प्रतिवेदन प्रतिनिधिसभामा


प्रशासन संवाददाता

२१ माघ २०७६, मंगलबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई समितिको प्रतिवेदन पेश भएको छ । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेकी छिन् । यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पनि पेश गरिन् ।

दुई समितिमा सांसद थप

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद उपेन्द्रप्रसाद यादव र सांसद सुरेन्द्रप्रसाद यादवलाई प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिमा नाम थप गरिएको जानकारी दिए ।

यसैगरी सांसद मोहम्मद इश्तियाक राईको नाम सार्वजनिक लेखा समितिमा थप गरिएको जानकारी पनि बैठकमा उनले गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस