केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप माईको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप माईको निधन


२१ माघ २०७६, मंगलबार


काठमाडौं । केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ।

उनको ९५ वर्षको उमेरमा आज निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ।

केन्याको दोस्रो राष्ट्रपति बनेका उनले सन् १९७८ देखि २००२ सम्म २४ वर्ष शासन गरेका थिए।

उनी केन्याका गृहमन्त्री पनि बनेका थिए ।

मोईको जन्म सन् १९२४ सेप्टेम्बर २ मा केन्याको साचो बारिङ्गोमा भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस