सीआईबीले गृहलाई बुझायो अनियमितता छानबिन प्रतिवेदन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सीआईबीले गृहलाई बुझायो अनियमितता छानबिन प्रतिवेदन


१७ माघ २०७६, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितताको छानबिन प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरूमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारबाहीको सिफारिस गरिएको छ । कारबाहीको सिफारिस परेकामा अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातदेखि अवकाशप्राप्त निर्वाचन आयुक्त सुधीर शाहसहितका अधिकारीहरू रहेका छन् ।

ललिता निवासको ११२ रोपनी जग्गा २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चार पटक गैर कानुनी रूपमा व्यक्तिको नाममा दर्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस