नेकपा महाधिवेशन २०७७ चैत अन्तिम साता गर्ने प्रस्ताव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपा महाधिवेशन २०७७ चैत अन्तिम साता गर्ने प्रस्ताव


१५ माघ २०७६, बुधबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को महाधिवेशन २०७७ चैत अन्तिममा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश भएको छ ।

अध्यक्ष प्रचण्डले बुधबार राष्ट्रिय सभामा सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेका हुन्। प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा ०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश अधिवेशन र चैत अन्तिममा एकता महाधिवेशन गर्ने उल्लेख छ।

नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश भएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए । त्यसअघि आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत पेश भएको छ । नेकपाको यो कतिऔं महाधिवेशन हुने भन्ने खुलाइएको छैन ।

यसअघि तत्कालिन नेकपा एमालेले नवौं महाधिवेशन गरेको थियो भने तत्कालिन माओवादीले सातौं गरेको थियो । एकता महाधिवेशनलाई कतिऔं भन्ने टुंगो सम्भवतः केन्द्रीय कमिटी बैठकले लगाउनेछ ।

नेकपाले महाधिवेशन २०७७ मा गर्ने भनेपनि मिति तोकेको थिएन । महाधिवेशन र अधिवेशनहरुअघि पार्टीले देशब्यापी विशेष अभियान सन्चालन गर्ने भएको छ । सो अभियानका क्रममा पार्टी र सरकारको पक्षमा जनमत निर्माण गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस