साझा प्रकाशनको महाप्रबन्धकमा गौतम « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

साझा प्रकाशनको महाप्रबन्धकमा गौतम


प्रशासन संवाददाता

१४ माघ २०७६, मंगलबार


काठमाडौं । साझा प्रकाशन सञ्चालक समितिको यही माघ ११ गतेको निर्णयानुसार झापा जिल्ला शिवसताक्षी–२ निवासी श्री होमप्रसाद गौतम साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।

यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव ऋषिराम पङ्गेनीले महाप्रबन्धकको समेत जिम्मेवारी बहन गरेका थिए ।

राजनीति तथा समाजसेवामा विगत ४ दशकदेखि अनवरत लागेका गौतमले झापा जिल्लाका विभिन्न स्थानीय नेतृत्वमा रही जिम्मेवारी पूरा गरिसकेका छन् । विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको साझा प्रकाशन गौतमको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस